Comments Add Comment

जाजरकोटबाट विप्लव समूहका कार्यकर्ता पक्राउ

१ जेठ, जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका–१२, कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पुनमाथि विप्लव समूहका कार्यकर्तालाई सहयोग गरेको आरोप लागेको छ ।

पक्राउ परेका पुनलाई अहिले जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment