Comments Add Comment

अखाद्य वस्तु मिसाउने कावासोतीको आइसक्रिम तथा बरफ उद्योगमा ताला

३ जेठ, नवलपरासी । आइसक्रिम तथा बरफमा अखाद्य वस्तु मिसावट गरेर बालबालिका तथा मानव जीवनमा खेलवाड गरेको भन्दै कावासोतीको एक वरफ उद्योग बन्द गराइएको छ ।

पूर्वी नवलपरासीको कावासोती–८, धौलागिरी चोकमा रहेको न्यूबरफ उद्योगले आइसक्रिम तथा बरफमा अखाद्य वस्तु मिसावट गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ताला लगाइदिएको हो । अनुगमनमा पुगेको टोली उत्पादनमा अखाद्य वस्तु मिसावट गर्नुको साथै दर्ता समेत नगरी उद्योग सञ्चालन गरेको भेटेको छ ।

आईसक्रिममा मानव स्वास्थ्यलाई हानी गर्ने जीएमएस पाउडर, जीसीई गोला र विभिन्न कलर अथवा फ्लेभर प्रयोग गरेको भेटिएपछि उद्योग बन्द गर्ने निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका खाद्य निरीक्षक शिखर आचार्यले जानकारी दिए ।

उपभोक्ताहरूले आइसक्रिममा अखाद्य वस्तु प्रयोग गरेकोे बताउँदै जिल्ला प्रशासन कार्यालय, नवलपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीबाट आएको टोलीले उद्योगको अनुगमन गरेको थियो ।

अनुगमन टोलीले आइसक्रिमको नमूना संकलन गरेर थप परीक्षणका लागी पठाएको छ । यसको रिपोर्ट १० दिनपछि आउने खाद्य निरीक्षक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment