Comments Add Comment

एउटा घरमात्र भएको दुनियाँकै अनौठो सहर

कुनै पनि सहरमा कतिवटा घर होलान् ? सयौं घरहरु नभएको ठाउँलाई कसरी पो सहर भन्न सकिएला र ? भन्नुहोला । तर यो दुनियाँमा एउटा मात्र घर भएको सहर पनि हुँदो रहेछ । एउटै घर मात्र रहेको त्यो सहरमा त्यहीँ एउटा घरभित्रै सहरमा हुनुपर्ने सबैखाले सुविधा छन् भन्ने सुन्दा तपाईंलाई अझ अचम्म लाग्ला ।

यो अनौठो समाचार अमेरिकाको उत्तरी राज्य अलास्कास्थित व्हिटियरको हो । यो सहर एउटा घरले बनेको दुनियाँकै चर्चित सहर हो ।

उक्त सहरमा केवल एउटा मात्र १४ तले घर छ । त्यसको नाम बेगिच टावर हो । एउटा मात्र घर हुनाका कारणले त्यो सहरलाई भर्टिकल टाउन पनि भनिन्छ ।

त्यो एक घरे सहरमा २ सय परिवार बस्दछन् । त्यो भवनमा केवल मान्छेहरु बस्नेमात्र होइन अन्य सहरमा प्रदान गरिने जस्ता सबैखाले सेवा सुविधा प्रदान गर्ने वस्तु तथा सेवाहरु समेत राखिएको छ । भवनभित्र पुलिस चौकी, अस्पताल, पसल तथा चर्च पनि छन् ।

उक्त भवनमा काम गर्ने सबै कर्मचारी तथा पसलका मालिकसमेत सोही भवनमै बस्दछन् । सोही कारण त्यहाँ अत्याधुनिक सुविधा उपलब्ध छ । अरु सहरमा भन्दा पनि अब्बल ।

शीतयुद्धका बेला यो भवन सेनाको ब्यारेकको रुपमा प्रयोग भएको थियो । तर पछि त्यहाँ सर्वसाधारण मानिसहरु बस्न थाले । सो भवनमा बस्ने मानिसहरुको जीवनशैली पनि अरु आम मानिसको भन्दा भिन्न छ । सो इलाकामा अधिकांश समय मौसम खराब रहन्छ । त्यसैले त्यहाँ बस्ने मानिसहरु बाहिर खासै हिँडडुल गर्न सक्दैनन् ।

त्यो एक घरे सहरमा सडक मार्गबाट पुग्न सजिलो छैन । पहाडी सुरुंग तथा कठिन बाटोबाट गुज्रिएर त्यहाँ पुग्नु पर्दछ । साथै सामुद्रिक मार्गबाट पनि त्यहाँ पुग्न सकिन्छ ।

एजेन्सीकाे सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment