Comments Add Comment

एक गाग्रोभन्दा बढी पानी भरेमा जरिवाना

दैनिक जीवनमा पानी खर्च गर्दछौँ । तर दुनियाँका धेरै ठाउँमा मानिसहरु पानीको थोपा–थोपाका लागि तड्पिनु पर्दछ ।

नुहाउनका लागि परको कुरा, गला भिजाउनका लागि समेत पर्याप्त पानी नपाउनेहरुका लागि पानी अवश्य पनि मूल्यवान हुन्छ ।

पानीको तिर्खाले छटपटाएको एउटा यस्तै ठाउँ छ छिमेकी मुलुक भारतमा । जहाँ पानीकै अभावका कारण एउटा अनौठो नियम लागू भएको छ । जहाँ गाउँलेहरुले एक गाग्रोभन्दा धेरै पानी भर्न पाउँदैनन् । यदि नियम तोडेर एक गाग्रोभन्दा बढी पानी भरेमा जरिवाना तिर्नु पर्दछ ।

छत्तीसगढ राज्यमा पर्ने बस्तर भन्ने ठाउँमा पानीको यस्तो हाहाकार छ कि हरेक घरले एक गाग्रोभन्दा धेरै पानी भर्नै नपाउने नियम छ ।
बस्तर जिल्लाको दरभा ब्लकमा झण्डै एक दर्जन गाउँमा यस्तो नियम रहेको छ । पानीको चरम अभाव रहेको सो गाउँमा कम्तीमा पनि सबै गाउँलेले तिर्खा मेटाउने पानी पाउन सकून् भन्नका लागि यस्तो नियम लगाइएको हो ।

पानीको दुरुपयोग तथा असमान वितरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँ पञ्चायतले यस्तो निर्णय गरेको हो ।

आवश्यकताभन्दा धेरै पानी भर्ने वा अनावश्यक रुपमा पानी खर्च गर्नेलाई प्रति गाग्रो ५० भारु जरिवाना गर्ने नियम तोकिएको छ । पानी टंकी बाहिरै एउटा सूचना लेखिएको छ, जसमा भनिएको छ, ‘एउटा गाग्रो लिएर पानी भरेर लैजानुहोस् । यदि बढि गाग्रो ल्याएमा प्रतिगाग्रो ५० रुपैयाँ तिर्नुपर्नेछ ।’

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment