Comments Add Comment

‘हेल्लो जिन्दगी’का २ नायिकाः ‘स्वेता बेड रेष्टमा, दीपिका हनिमुनमा’

एभरेष्ट सूर्य बोहराको निर्देशनमा चलचित्र ‘हेल्लो जीन्दगी’ निर्माण भइरहेको छ । लण्डनमा ११ दिनको सेड्युल सकाएर चलचित्रको टिम नेपाल फर्किएको छ । तर, यो चलचित्रको सेड्युल लण्डनमा ११ दिनको मात्र थिएन । त्यहाँ लगभग चलचित्रको ८० प्रतिशत छायांकन हुने थियो ।

तर, चलचित्रकी नायिका दीपिका प्रसाँई आफ्नो बिबाहको कारण बिचमै नेपाल फर्किइन् । दीपिका नेपाल फर्किन नपाउँदै अर्की नायिका श्वेता खड्का बिरामी भइन् । उनको घाटीमा ट्युमर पलाएपछि हस्पिटलमा भर्ना भइन् । उनी अहिलेसम्म बेड रेस्टमा छिन् ।

दुबै नायिका नहुँदा अहिले चलचित्रको छायांकन रोकिएको छ । अहिले निर्माण युनिट चलचित्रको छायांकन रोकेर लण्डनमा खिचिएको दृष्यहरुलाई सम्पादन गरिरहेको छ । निर्देशक सुर्य बोहराले दुई नायिका नहुँदा चलचित्रको छायांकन रोकिएको बताएका छन् । उनले भने–‘स्वेताजी बिरामी हुनुभयो । दीपिकाजी हनिमुनमा हुनुहुन्छ । त्यसैले अहिले छायांकन रोकिएको छ । अबको केही दिनमा पुनः छायांकन सुरु गर्नेछौ ।

अबको १२ दिनपछि चलचित्रको छायांकन सुरु गरिने उनको भनाई छ । उनी भन्छन्, ‘हामीले लगभग ६० प्रतिशत चलचित्र खिचिसकेका छौँ । यहाँ सेड्युल सुरु भएको १८ दिनमा चलचित्रको पूर्ण छायांकन सक्नेछौँ ।’

विराञ्जना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सृजना जोशीले निर्माण गर्न लागेकी हुन् । चलचित्रमा दीपिका र स्वेताका अलवा विक्रम जोशी, विक्रान्त बस्नेत, सलोन बस्नेत, विल्सन विक्रम राई लगायतको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment