Comments Add Comment

वीरगञ्जमा मदन भण्डारीको चर्चा

३ जेठ, वीरगञ्ज । नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताएका छन् ।

उनीहरुले एउटै देशमा अनेक कम्युनिस्ट पार्टी हुने कुरा र बहुदलीय व्यवस्थालाई स्वीकार गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिएको दावी उनीहरुले गरे ।

मदन आश्रति स्मृति दिवसमा वीरगञ्जमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलन र मदन भण्डारी विचार गोष्ठी कार्यक्रमका वक्ताहरुले त्यस्तो धारणा राखेका हुन् ।

पाठशालाको आयोजनामा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित कार्यक्रमका वक्ताहरुले मदन भण्डारीले विचारले नै विरोधीलाई परास्त गरेको स्मरण गरे ।

कार्यक्रममा बोल्दै नेकपाका नेता एवं पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले संसारको कम्युनिस्ट आन्दोलन ओरालो लागेको बेलामा मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेर अगाडी बढाएको बताए

नेकपा, एमाले माओवादीमा लाग्दैमा कम्युनिस्ट नहुने बताउँदै उनले कम्युनिस्ट सिद्धान्तलाई व्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिए ।

उनले सर्वहारा वर्ग नजागेसम्म मध्यम वर्गको कम्युनिस्ट आन्दोलन अघि नबढ्ने तर्क गरे । ओली सरकारले गरिरहेको कामप्रति जनता सन्तुष्ट नरहेको टिप्पणी उनको छ ।

कार्यक्रममा प्राध्यापक विरेन्द्र साहले सरकारले एक वर्षको उर्बर समय खेर फालेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment