Comments Add Comment

वामदेव गौतमलाई किसानको जिम्मा ! ( हेर्नुहोस् २२ जनवर्गीय संगठनको सूची)

३ जेठ, काठमाडौं । एमाले र माओवादीबीच एकीकरणको वर्ष दिन पुगेपछि नेकपाले आफ्ना २२ वटा जनवर्गाीय संगठनहरुको एकीकरण टुंग्याएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार बल्खुमा आयोजित कार्यक्रममार्फत् सार्वजनिक गरेको जनवर्गीय संगठनका संयोजक र सहसंयोजकको सूचीमा बरिष्ठ नेता वामदेव गौतमदेखि पूर्वमन्त्री शेरबहादुर तामाङसम्मको नाम छ ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई अखिल नेपाल किसान महासंघको संयोजक बनाइएको छ । किसान संगठनको सहसंयोजकमा साबिक माओवादीतर्फबाट नेता चित्रबहादुर श्रेष्ठलाई राखिएको छ ।

त्यसैगरी यसअघि राष्ट्रपतिपतिको उम्मेदवार बनिसकेका पूर्वसांसद रामप्रित पासवानलाई भूमिहीन सुकम्बासी संगठनको संयोजक बनाइएको छ भने पूर्वकानुनमन्त्री शेरबहादुर तामाङलाई आदिवासी जनजाति महासंघको सहसंयोजक बनाइएको छ ।

केन्द्रीय राजनीतिमा चर्चा पाइसकेका पुरुषोत्तम पौडेल, सुरेश आलेमगर, अमृता थापामगर, तिलक परियारलगायतका नेताहरुले पनि जनवर्गीय संगठनमा जिम्मेवारी पाएका छन् ।

हेर्नुहोस् सूची–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment