Comments Add Comment

पर्सामा २८८ किलो गाजा र चरेस बरामद

३ जेठ, वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा प्रहरीले छापामारी गरी ठूलो परिमाणमा गाजा र चरेस बरामद गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट २८३ किलो गाजा र ५ किलो चरेश बरामद गरिएको हो ।

मकवानपुरतिरबाट गाजा ल्याइ देउरियास्थित घरहरुमा लागूऔषध. गाजा र चरेश लुकाएर राखिएको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र सशस्त्र प्रहरी बेस पोखरियाको टोलीले छाप हानेको थियो ।

स्थानीय फुसन माझीको घरबाट १५ किलो गाजा, चरेश ५ किलो र माझीको घरभन्दा केही पर रहेको नालाबाट २६८ किलो गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । त्यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रहरी टोलीले गाउँमा रहेका अन्य घरमा समेत खानतलासी गरिरहेकोले लागूऔषधको परिमाण बढ्न सक्ने इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

मकवानपुरबाट उत्तरी क्षेत्रमा पर्ने जंगलको बाटो गाजा र चरेस पटेर्वा सुगौलीको देवरिया टोलमा ल्याएर विभिन्न स्थानमा भण्डार गर्ने र त्यही प्रसोधन गरेर भारत हुँदै अन्यत्र पठाउने गरिन्छ ।

घटनास्थलबाट तीनथान गाजा च्याप्ने मेशिनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

ठूलो परिणाममा गाजा चरेस बरामद गर्न सकेको प्रहरी टोलीले लागू औषधका कारोबारीहरुलाई भने समात्न असफल भएको छ । प्रहरी पुग्नु अघि नै कारोबारीहरु गाजा नालामा फालेर फरार भएकोले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment