Comments Add Comment

सिन्ताईसँगको सहकार्यमा प्यासिफिक टेलिसिसले सेवा दिने

३ जेठ , काठमाडौं । नेपालको प्याशिफिक टेलिसिसले चाइनाको अग्रणी सूचना-प्रविधि सामाग्री उत्पादक सिन्ताईसंगको सहकार्यमा नेपालको सूचना-प्रविधि विकासका लागि आवश्यक विश्वस्तरीय उत्पादन र सेवा प्रदान गर्ने भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रमको उद्घाटन सूचना तथा प्रविधि सचिव महेन्द्र मान गुरुङ्गले गरे ।

सचिव गुरुङ्गले उक्त सहकार्यले नेपालको सूचना-प्रविधिको विकासमा उल्लख्य योगदान पुर्‍याउने आशा गर्दै यसप्रकारको सहकार्यले नेपालमा चाइनाको लगानी भित्र्रयाई नेपालमै गुणस्तरीय सूचना-प्रविधिका सामाग्रीहरु उत्पादन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्याशिफिक टेलिसिसका अध्यक्ष जिवन गुरुङ्गले यस प्रकारको सहकार्य नेपालको परिपेक्षमा नितान्त नौलो भएको र यस्तो सहकार्य नेपाल जस्तो विकासशील देशको लागि अपरिहार्य रहेको बताए ।

अमेरिका, रुस, प|mान्स, थाइल्याण्ड, जापान, कोरिया, अष्ट्रेलिया, ब्राजिल लगायत विभिन्न देशहरुमा आˆना उत्पादन र सेवा प्रदान गर्दै आएको सिन्ताई मुख्यतया अप्टीकल फाइवर नेटवर्क र यस संग सम्बीन्धत सम्पूर्ण उत्पादन र सेवामा चाइनाकै अग्रणी संस्था मानिन्छ ।

उक्त उत्घाटन कार्यक्रममा नेपाल दुरसंचार प्राधिकरण, नेपाल विधुत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल, वल्र्ड लिङ्क, सुबिसु, भायानेट, पेरिजि, स्मार्ट सेल, वेब सर्फर, हिमालयन क्लाउड लगायतका संस्थाहरुका प्रतिनिधि तथा अन्य संचारकर्मीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment