Comments Add Comment

शेरबहादुर मुर्दावाद भन्नेहरुले नै प्रचण्डलाई जिताए : देउवा

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडामा चुनाव जित्ने र हार्नेबीच बोलचाल नै नभएको बताएका छन् । आफ्नै पार्टीलाई हराउनु बहादुरी मान्ने र जिताउन सहयोग नगर्ने गरेको उनको गुनासो छ ।

प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा सभापति देउवाले कांग्रेस यसअघि पनि हारेको बताए । तत्कालीन एमाले र माओवादी मिल्दा कांग्रेस हारेको उनले बताए । यसअघि हार्दा चुइक्क बोल्न नसक्नेहरु आफ्नाविरुद्ध खनिएको भन्दै उनले यसलाई पार्टीमा प्रजातन्त्र आएको बताए ।

प्रचण्डसँग कुरा गर्न कृष्ण सिटौलालाई समेत पठाएको तर, तपाईका कार्यकर्ताले हामीलाई भोट नै हाल्दैनन् भनेर नमानेको कांग्रेस सभापति देउवाले बताए । उनले अघि भने, ‘हिजो प्रचण्डको छोरीलाई भोट हालौं भन्दा जसले शेरबहादुर मुर्दावाद भने उनीहरु नै प्रचण्डलाई जिताउन लागे ।’

निर्वाचनमा पार्टीलाई हराउनेहरु बलशाली हुँदा पार्टी संकटमा फसेको उनको तर्क थियो । आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न पनि नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment