Comments Add Comment

दुई तिहाईको धम्की नदिन वैद्यको चेतावनी

३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् ।

जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने वैद्यले दावी गरे ।

सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृत्तिहरु’ को शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै उनले सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भए पनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न गर्ने बताए ।

उनले सत्तारुढ नेकपाप्रति संकेत गर्दै संशोधनवाद र अवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको पनि बताए । महासचिव वैद्यले सच्चा क्रान्तिकारीहरु एकजुट हुन जरुरी रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment