Comments Add Comment

विनोदकी ‘रान्चडी’ जुना

कृष्ण बिक र राजेन्द्र भट्ट  (मिस्टर आरजे) को स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रान्चडी’ बोलको गीतलाई पश्चिमेली लयमा तयार पारिएको छ । गीतमा शब्द तथा संगीत मिस्टर आरजे कै रहेको छ भने संगीत संयोजन कृष्ण बिकले गरेका छन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा विनोद न्यौपाने र जुना सुन्दासको नृत्य रहेको छ । कलाकारको मेकअप भने विमला तमाङले गरेकी छिन् । भिडियोको प्रोडक्सन मेनेजर मनोज जोशी हुन् ।

राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेको हो । भिडियो सम्पादनको जिम्मा भने सुप्रिम पराजुलीले लिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment