Comments Add Comment

महिलाको हत्या गरेर गर्भको शिशु चोरी !

Photo Credit : हत्या गरिएकी महिलाका बुबा शोकाकुल अवस्थामा ।

३ जेठ, काठमाडौं । अमेरिकाको सिकागोमा एक महिलाले गर्भवती महिलाको हत्या गरेर उनको गर्भको शिशु चोरी गरेको आरोप लागेको छ । शिशुको कपडा बेच्ने महिलाले गर्भवती महिलालाई प्रलोभन देखाई घरमा बोलाई हत्या गरी गर्भ काटेर शिशु चोरी गरेको प्रहरीले जनाएको छ ।

आरोपी ४६ वर्षकी क्लारिसा फिगुरोआको दुई वर्षअघि छोराको मृत्यु भएपछि अर्को बच्चाको चाहना गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । प्रहरीले ४६ वर्षकी क्लारिसा, उनकी २४ वर्षकी छोरी डेजिरी फिगुरोआविरुद्ध अभियोग दर्ता गरेको छ । ती महिलाको प्रेमी ४० वर्षका पिट्र बोबकविरुद्ध पनि घटना लुकाउन खोजेको आरोप लागेको छ ।

प्रहरीले १९ वर्षकी गर्भवती महिला मार्लेन ओचावा लोपेज हराएको तीन हप्तापछि घटनामा संलग्नहरुलाई पक्राउ गरेको हो । प्रहरीले फिगुरोआको घरको पछाडिपट्टि फोहोरबाट महिलाको शव बरामद गरेको थियो । फिगुरोआको घर ती महिलाको घरदेखि ४ माइल टाढा पर्छ ।

प्रहरीका अनुसार गर्भवती महिला स्कुलबाट सिधै फिगुरोआको घर गएकी थिइन् । फिगुरोआले फेसबुकमा पोस्ट गरेको कपडा निशुल्क दिने अफरको सूचना देखेपछि ओचावा तीनको घर गएकी थिइन् । त्यसपछि उनको हत्या गरी गर्भबाट शिशु झिकिएको थियो ।

त्यसको केहीबेरमा फिगुरोआले प्रहरीलाई फोन गरी आफ्नो नवजात शिशुले सास नफेरेको बताइन् । उद्दारकर्ताको पहिलो समूह आउँदा बच्चा निलो भइसकेको थियो । उनीहरुले बच्चालाई स्वासप्रश्वास गराउन कोशिस गरे र नजिकैको अस्पताल पनि लगे । प्रहरीका अनुसार बच्चा बाँच्न सक्ने अवस्थामा थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment