Comments Add Comment

दुनियाँका अनौठा रेस्टुरेन्ट

विश्वमा कैयन् यस्ता अनौठो खालका रेस्टुरेन्टहरु छन् जो कुनै आश्चर्यभन्दा कम छैनन् । ती रेस्टुरेन्टमा विचित्र कुरा देख्न मात्र होइन, स्वाद लिन पनि पाइन्छ ।

· चीनमा एउटा यस्तो रेस्टुरेन्ट छ, जसको दृश्य जेलको जस्तै छ । जेलमा बन्द कुनै कैदीजस्तै गरी त्यहाँ मानिसहरु उक्त रेस्टुरेन्टमा बसेर खानु पर्दछ । तियानजिन सहरमा रहेको उक्त रेस्टुरेन्ट सन् २०१४ मा खुलेको हो ।

· लाट्भियाको राजधानी रिगामा एउटा यस्तो रेस्टुरेन्ट छ, जुन पूर्णतः अस्पताल जस्तै छ । त्यहाँका शेफहरु डाक्टरको पहिरनमा हुन्छन् भने वेट्रेसहरु नर्सको पहिरनमा देखा पर्दछन् । रेस्टुरेन्टमा आउने ग्राहकहरु बिरामीजस्तै गरी खाना खानु पर्दछ ।

· ताइवानको ताइपेइ सहरस्थित एएटा रेस्टुरेन्टचाहिँ हवाईजहाज जस्तै छ । त्यसको नाम पनि हवाईजहाज जस्तै ए ३८० राखिएको छ । उक्त रेस्टुरेन्टमा छिर्दा कुनै विमानभित्र पसेजस्तो अनुभव हुन्छ ।
· पश्चिमी हलिउडस्थित ओपाक्यू क्याफे नामको एक रेस्टुरेन्ट रहेको छ जहाँ अँध्यारोमा बसेर खानु पर्दछ । अर्को रोचक त के भने त्यहाँ काम गर्ने सबै वेटरहरु दृष्टिविहीन छन् ।

· रुसको राजधानी मस्कोमा एउटा यस्तो रेस्टुरेन्ट छ जहाँ केवल जुम्ल्याहाहरुले मात्र काम गर्दछन् । वेटरदेखि बार टेन्डर्ससम्म सबै जुम्ल्याहा नै छन् । उक्त रेस्टुरेन्टमा खानाको स्वाद लिन मात्र होइन, जुम्ल्याहाहरु हेर्नका लागि पनि ग्राहकको भीड लाग्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment