Comments Add Comment

गोरखाका निमा लामालाई कन्जरभेसन अवार्ड

५ जेठ, काठमाडौं । अहिंसा संस्कृतिका अभियन्ता गोरखाका निमा लामा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले प्रदान गर्ने कन्जरभेसन अवार्ड (संरक्षण पुरस्कार) २०१९ बाट पुरस्कृत भएका छन् ।

आइतबार डब्लुडब्लु एफ नेपालको २६ औं राष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र डब्लुडब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले पुरस्कार प्रदान गरे । यो पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।

गोरखाको छेकम्पारका वासिन्दा लामा चुम कल्याण समितिका अध्यक्ष र हिमाली समुदाय जलवायुमैत्री संगठनका उपाध्यक्ष हुन् ।

मनासलु संरक्षण क्षेत्रभित्र पर्ने गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ६ चुम्चेत र वडा नं ७ छेकम्पार (साविकको चुम्चेत र छेकम्पार गाविस)लाई अहिंसा क्षेत्र घोषणा गरी वन्यजन्तु र जैविक विविधता संरक्षणमा योगदान पु¥याएवापत उनलाई पुरस्कृत गरिएको डब्लुडब्लुएफ नेपालले जानकारी दिएको छ ।

अहिंसा संस्कृतिका अभियन्ता लामाको अगुवाईमा २०६९ सालमा चुम उपत्यकामा अहिंसा महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय वासिन्दाले लिखित रुपमा नै पशु काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, बुढो भइ काममा नआउने पशुको हत्या नगर्नेलगायतका लिखित प्रतिवद्धता जनाएका थिए । चुम उपत्यका चार किल्ला तोकेर अहिंसा क्षेत्र घोषणा गरिएको नेपालको एकमात्र क्षेत्र हो ।

‘उहाँको प्रयासको नतिजास्वरुप छेकम्पार नजिकैको चुम्चेतलाई गैह्र हिंसा क्षेत्रको रुपमा घोषणा गरिएको छ, उहाँले दुई दशकसम्म नेपाल सरकारसँग चुम उपत्यकामा पर्यटनमा लगाइएको रोक हटाउन प्रयास जारी राख्नुभएको थियो’ डब्लुडब्लुएफले भनेको छ ।

त्यस्तै पाल्पाका पत्रकार माधव अर्याल, ३० वर्षदेखि संरक्षणमा खटिएका दाङका उमाकान्त पन्तले पनि व्यक्तिगत तर्फ संरक्षण पुरस्कार पाएका छन् । संस्थागततर्फ महोत्तरीको सामुदायिक विकास तथा पैरवी मञ्च, काठमाडौंको रानीवारी सामुदायिक वनले पुरस्कार पाएका छन् । संस्थागततर्फको पुरस्कार राशी जनही १ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment