Comments Add Comment

पाइप बम बनाउँदा-बनाउँदै पड्कियो, २ घाइते

६ जेठ, पर्वत । पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये  १ को अवस्था गम्भीर छ ।

जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन् । घाइतेमध्ये घर्तीकाे अवस्था गम्भीर छ ।

पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा आइतबार साँझ विस्फोट भएको जानकारी दिए ।

विस्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीरा राना घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था  मध्यम छ ।  घाइते रानाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment