Comments Add Comment

जब ‘भद्रगोल टिम’को फिल्म र ‘रातो टिका निधारमा’को कथा एउटै भयो…

२ पटकसम्म कार्यक्रम आयोजना गर्ने घोषणा गरेर स्थगित गरेपछि निर्देशक तथा निर्माता अशोक शर्माले ‘रातो टिका निधारमा’ नबनाउने हुन् कि के हो भन्ने चर्चा चलचित्र बजारमा चल्यो । चलचित्र बजारमा चलेको यो हल्ला एकप्रकारले स्वभाविक पनि थियो । अशोक शर्माले बारम्बार चलचित्र घोषणा गर्छु भनेर पनि नसक्दा किन उनी पछि सरिरहेका छन् भन्ने चर्चा चलेको थियो ।

तर, अशोकले चलचित्र निर्माणको घोषणा गर्दै यसको कारण पनि बताएका छन् । अशोकले भने–‘हामीले चलचित्रको कथा फाइनल गरिसकेपछि थाहा भयो कि, भद्रगोल टिमले बनाउन लागेको चलचित्रको कथा र हाम्रो चलचित्रको कथा एउटै भएछ । कथा एउटै भएपछि मैले भद्रगोल टिमसँग बसेर के गर्ने भन्ने बिषयमा सल्लाहा गरेँ । उहाँहरु र हामीले कथालाई आफ्नो शैलीमा ट्विष्ट गर्ने निर्णय गर्यौ । यसपछि म कथा फाइनल गर्न गुप्तवास बसेको थिएँ ।’

वुझिएअनुसार, अशोकको कथा र भद्रगोल टिमले बनाउन लागेको चलचित्रको कथा एउटै भएको जानकारी खगेन्द्र लामिछानेले दिएका थिए । खगेन्द्रले ‘रातो टिका निधारमा’को स्क्रिप्ट लेखनमा अशोकलाई सहयोग गरेका छन् ।

अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार, यदि निर्देशक प्रदिप भट्टराइ काम गर्न तयार भएको भए ‘भद्रगोल’ टिम र अशोक शर्माको संयुक्त लगानीमा एउटै चलचित्र बन्ने थियो । अब भने, ‘रातो टिका निधारमा’ जेठको १० गतेबाट छायांकनमा जाँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment