Comments Add Comment

जहाँ राजाका अगाडि अर्धनग्न भएर नाच्छन् युवतीहरु

दुनियाँमा यस्ता कैयन् देशहरु छन् जो आफ्नो अनौठो नियम कानूनका लागि चर्चित छन् । तीमध्येको एउटा देश हो, स्वाजिल्याण्ड । यो अफ्रिकी मुलुकको एउटा कानून तथा परम्पराका विषयमा थाहा पाउँदा तपाईं अचम्ममा पर्नुहुनेछ ।

गत वर्ष त्यहाँका राजा मस्वाती तृतीयले देशको नाम परिवर्तन गरी द किंगडम अफ इस्वातिनी राखेका थिए । मुलुकको स्वतन्त्रताको ५० वर्ष पुगेको अवसरमा राजाले देशको नाम बदल्ने त्यो घोषणा गरेका थिए ।

यो देशमा हरेक वर्षको अगष्ट–सेप्टम्बर महिनामा महारानीकी आमाको शाही गाउँ लुदजिजीनीमा उम्हलांगा समारोह नामक पर्व हुन्छ ।त्यसमा १० हजार भन्दा धेरै कुमारी युवी तथा किशोरीहरु सहभागी हुन्छन् ।

राजाको अगाडि कुमारी कन्याहरुले नाच देखाउँदछन् । त्यसरी नाच्ने कन्याहरु अर्धनग्न हुन्छन् । नेशनल जियोग्राफिकको रिपोर्ट अनुसार राजाले तिनै कन्याहरुबाट आफ्नो नयाँ रानी छनोट गर्दछन् ।

छोरीहरुलाई बिहे अघिसम्म सुन्दर तथा भर्जिन रहनका लागि आमाहरुले सिकाउँदछन् । यदि बिहे अगाडि कन्याहरु गर्भवती भएमा उनीहरुको परिवारमाथि जरिवाना हुन्छ । जरिवानाको रुपमा परिवारले गाई दिनु पर्दछ ।

यो देशका राजाको १४ पटक विवाह भैसकेको छ । उनका २५ जना बच्चाबच्ची भैसकेका छन् । राजाले आफ्ना जनतालाई पनि कम्तिमा दुईवटा विवाह गर्न आह्वान गरेको खबर पनि आएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment