Comments Add Comment

नेकपा सांसदको प्रश्न : संयुक्त सैन्य अभ्यासले राष्ट्रिय अस्मिता कहाँ पुर्‍याउँछ ?

७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवप्रसाद गुरुङले पोखरामा नेपाल, अमेरिकालगायत ६ राष्ट्रको २२० सैनिकको संयुक्त सैन्य अभ्यास भएको भन्दै विरोध जनाएका छन् ।

विपद व्यवस्थापनको नाममा सैन्य अभ्यासको सुरुवात भएको भन्दै यसले नेपालको राष्ट्रिय अस्मितालाई नै असर पार्ने गुरुङले बताए ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले प्रश्न गरे, ‘नेपाल राष्ट्रियताको संकट परिरहेका अवस्थामा, शक्ति राष्ट्रको टकराव परिरहेको बेला यसले नेपालको राष्ट्रिय अस्मितालाई कहाँ पु¥याउँछ ?’

नेता गुरुङले यस विषयमा परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको पनि ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment