Comments Add Comment

सेयर कारोबार रकममा ४१ करोडको गिरावट, परिसूचक ४ अंकले बढ्यो

५ जेठ, काठमाडौं । नेप्से परिसूचकमा साढे ४ अंकको सुधार भएको छ । जलविद्युतको सेयरमा लगानीकर्ताको आर्कषण बढ्दा मंगलबारको बजारमा कारोबार रकममा भारी गिरावट आएको छ ।

परिसूचक ४.४२ अंकले बढेर १३१२.१४ को विन्दुमा पुग्दा १७३ कम्पनीको ३१ लाख २ हजार २८४ कित्ता सेयर ८१ करोड ४४ लाख रुपैयाँमा कारोबार भयो जुन अघिल्लो दिनको तुलनामा ४१ करोडले कमी हो ।

करोबारमा आएका १२ उपसमुहमध्ये ९समुहको सूचक सकारात्मक भए भने उत्पादन तथा प्रशोधन,माइक्रोफाइनान्स र अन्य सूच्क् नकारात्मक बनयो । मंगलबार जलविद्युतको सूचक भन्दा धेरै ६४.६ अंकले सुधार भयो । यस्तै जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, व्यापार, होटल, विकास बैंक, वाणिज्य बैंक र म्युचुअल फण्डको सूचक सकारात्मक भयो ।

नेपाल बैंक र शिवम् सिमेन्टको सेयर मंगलबार पनि अधिक मात्रामा कारोबार भयो । बुटवल पावर, अपर तामाकोशी,सानिमा हाइड्रो पावर र प्राइम कर्मशियल बैंकको सेयर पनि मंगलबार उच्च मात्रामा कारोबार भयो ।

कारोबार दिनमा रिलायन्स फाइनान्स र सर्पोट माइक्रोफाइनान्सको सेयरधनीले बजारमा सबै भन्दा धेरै कमाए भने समिट लघुवित्तका सेयरधनीहरुले सबै भन्दा धेरै गुमाउन पुगे । सिन्धु विकास बैंक, घलेम्दी हाइड्रो, हिमालयन डिस्टीलरी, मिथिला लघुवित्तका सेयरधनीले पनि मंगलबारको बजारमा गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment