Comments Add Comment

दुर्गम क्षेत्रमा अत्याधुनिक मल्टिप्लेक्स खोल्दै अजय देवगन

अजय देवगन भारतका विभिन्न शहरमा मल्टिप्लेक्स खोल्दैछन् । अजयले भारत उत्तर प्रदेशको हापुड र गाजीपुरमा दुई सिंगल थिएटर्स पहिले नै खरिद गरेका छन् । अब उनी भारतको दूरगामी क्षेत्रमा नयाँ मल्टीप्लेक्स खोल्नका लागि भारु ६ सय करोड लगानी गर्दैछन् ।

उनको लक्ष्य छ कि भारतको उत्तर र दक्षिणी भेगमा २ सय ५० स्क्रीन खोल्ने । अजयको मल्टीप्लेक्स भेन्चरको पहिलो लन्च जुनमा मध्य प्रदेशको रतलाममा हुनेछ । एनवाई सिनेमाको खास उदेश्य के छ भने दुर्गम क्षेत्रका मानिसहरुका लागि अत्याधुनिक थिएटर्सको सुविधा दिने ।

अजयको हालै मात्र कमेडी फिल्म ‘दे दे प्यार दे’ सार्वजनिक भएको छ । यस फिल्ममा उनीसँग रकुल प्रीत र तब्बु छन् । यसै बर्ष अजयको टोटल धमाल पनि सार्वजनिक भएको थियो । उक्त फिल्मले बक्स अफिसमा धमाका मच्याएको थियो ।

अजयको बारेमा रकुलको यस्तो खुलासा

‘अजय सरसँग काम पटक्कै गाह्रो थिएन । काम गर्नका लागि आवश्यक हुन्छ कि आफुले अभिनेतासँग सहज महसुष गरियोस् । अजय सरले मलाई एकदमै सहज महसुष गराइदिए । उनलाई यस कुराको कतिपनि घमन्ड थिएन कि उनी यत्ति ठूला स्टार र म यो कुरा तब्बु म्याडमको हकमा पनि भन्न चाहन्छु । उनी पनि एकदम सिम्पल । सेटमा दुबैले रमाइलो माहौल बनाइरहन्थे । यो कुरा  दे दे प्यार दे जस्तो फिल्मको लागि एकदम जरुरी थियो । यसमा हामी सबै कलाकारको समूचित तालमेल भयो । मलाई कुनैपनि क्षण लागेन कि म फिल्ममा काम गर्दैछु ।’

रकुल प्रीतको अनुभव हो यो । उनले हिन्दी फिल्ममा आफ्नो करियर ‘यारियां’बाट सुरु गरेकी थिइन् । उनी अजय देवगनकी हिरोइन बनिन् र यसलाई ठूलो कुरा मानिन् । एक हिन्दी अनलाइनसँग कुरा गर्दै रकुलले भनेकी छिन्, ‘म एकदम राम्रो मान्छे पनि हुँ । सेटमा मैले कसैसँग कुनै टिप लिइन । तपाईं ठूलो कलाकारसँग काम गर्दै हुनुहुन्छ भने केही सिक्नु पनि हुन्छ । एक्टिङ एक्सन र रिएक्सनको खेल हो ।’

दुबै अजय र तब्बु राष्ट्रिय पुरस्कार विजेता कलकार हुन् । उनीहरुसँग काम गर्दा डर लागेन ? भनी सोधिएको प्रश्नमा रकुलको यस्तो जवाफ छ ।

‘मलाई यस कुराको कहिले पनि डर लागेन कि मेरो सामुन्ने जतिसुकै ठूलो कलाकार किन नहोस् । बरु म खुसी हुन्छु यत्तिका ठूला कलाकारसँग काम गर्न पाइएको छ । एक कलाकारको हिसाबले म कुनै दिन ठूलो कलाकार बन्नेछु भन्ने सपना देख्छु । अहिले नै डराउन थालियो भने भोलि म आफ्नो लक्ष्यमा कसरी पुग्न सक्छु र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment