Comments Add Comment

सलमान भन्छन्, ‘मलाई राष्ट्रिय अवार्ड चाहिँदैन’

‘दबंग ब्वाई’ सलमान यसैपनि झोंकी छन् । कुनैपनि कुरा सहन सक्दैनन् । भन्नुपर्ने कुरा मनमा गाँठो पार्दैनन् । त्यही कारण पनि उनी प्राय विवाद र चर्चामा आइरहन्छन् ।

केही समय अघि उनले एक अन्तरवार्तामा भारतबाट कटि्रना कैफले राष्ट्रिय अवार्ड जित्ने आशय व्यक्त गरेका थिए । उक्त अन्तरवार्ता सार्वजनिक भएपछि सलमानमाथि नै धेरैले प्रश्न सोझाए । उनलाई प्रश्न गरियो, ‘के सलमानले अवार्डको लागि काम गरिरहेका हुन् ?’

सलमानले या कुराको ठाडो अस्विकार गरे । उनले तात्ततो जवाफ फर्काएका छन्, ‘मलाई राष्ट्रिय अवार्ड चाहिँदैन् । राष्ट्रिय मात्र हैन, कुनै पनि अवार्ड मलाई चाहिँदैन । जुन समय आˆनो चलचित्र र्वजनिक भएको हुन्छ त्यो समय दर्शक हलसम्म पुगेर मेरो चलचित्र हेरिदिनुभयो भने त्यो नै मेरो लागि सबैभन्दा ठुलो अवार्ड हो ।’

दर्शकको माया पाए अन्य कुनै अवार्ड नचाहिने सलमानको भनाई छ ।

सलमानले यस क्षेत्रमा आफ्नो तीन दशक बिताइसकेका छन् । तर, अवार्डको मामिलामा सलमान अनलक्की ठहरिएका छन् । किनभने सलमानले आजसम्म कुनै पनि चलचित्रबाट उत्कृष्ट नायकको राष्ट्रिय अवार्ड पाएका छैनन् ।

सलमानले सन् १९९० मा चलचित्र ‘मैने प्यार किया’बाट डेब्यु नायकको अवार्ड पाएका थिए । पछि सलमानले ‘कुछ कुछ होता हे’बाट सहायक अभिनेताको अवार्ड पाएका थिए । सलमानले पाएको अवार्ड यति नै हो ।

हाल सलमान खान चलचित्र ‘भारत’को रिलिज पर्खाईमा छन् । आगमी इदमा उक्त चलचित्र रिलिज हुदैँछ । अलि अब्बस जफरले यस चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रमा सलमान, कटि्रनासँगै दिशा पटनी, सुनिल ग्रोवरको पनि मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment