Comments Add Comment

संविधानसभा सदस्यलाई राष्ट्रपतिबाट पदक

८ जेठ, काठमाडौं । सरकारले संविधानसभा सदस्यहरुलाई विभूषित गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले संविधानसभा २०६४ र २०७० का सदस्यहरुलाई विभूषित गर्न लागेकी हुन् ।

गृह मन्त्रालयले संविधानसभाका सदस्यलाई ‘संविधानसभा पदक’बाट राष्ट्रपतिले विभूषित गर्न लागेको जनाएको छ ।

जेठ १६ का लागि कार्यक्रम तय गरिएको जानकारी दिँदै गृहले  त्यसमा सहभागी हुन संविधानसभाका सबै सदस्यहरुलाई आग्रह गरेको छ ।

गृहका अनुसार राष्ट्रपति कार्यालय, शीतलनिवासमा हुने कार्यक्रममा सुशोभन समारोहको प्रवेशपत्र पाएकाले मात्र प्रवेश पाउने छन् । प्रवेशपत्र बिना प्रवेश निषेध भएकाले बिहीबारदेखि जेठ १४ सम्म सुशोभन समारोहको प्रवेशपत्र लिन गृहले सबै सभासदहरुलाई आग्रह गरेको छ ।

संविधान निर्माणका लागि ०६४ र ०७० मा २ पटक संविधानसभा निर्वाचन भएको थियो । जुन ६०१ सदस्यीय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment