Comments Add Comment

नागरिक सहायता कक्षले सेवाग्राहीलाई राहत, बिचौलियालाई आहत

८ जेठ, गुल्मी । जिल्ला प्रशासन कार्यालय, गुल्मीले गत वैशाखमा स्थापना गरेको नागरिक सहायता कक्ष प्रभावकारी बन्दै गएको छ ।

बिचौलियाले सेवाग्राहीसँग अनावश्यक लाभ लिन थालेपछि त्यसको अन्त्यका लागि प्रशासन कार्यालयले गत वैशाखमा सहायता कक्ष स्थापना गरेको थियो ।

प्रवेशद्वारमा रहेको नागरिक सहायता कक्षले अल्मलिने सेवाग्राहीलाई सघाउँदै आएको छ । विगतमा बिचौलियाले लेखिदिने निवेदन पनि अब नागरिक सहायता कक्षमा रहेका कर्मचारीहरुले नै लेखिदिन थालेका छन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले राहदानीको राजश्वमा लाग्ने दस्तुरबाहेक एक पैसा पनि खर्च नगरी सेवा लिने वातावरण बनेको बताए ।

उनका अनुसार, सहायता कक्षबाट दैनिक ५० देखि १०० वटासम्म निवेदन लेखिँदै आएको छ ।

बिचौलिहाले सामान्य निवेदन लेख्दा ५ सय देखि १५ सयसम्म लिने गरेका थिए । यस हिसाबले सेवाग्राहीको २७ लाख बढी रकम बचत भएको प्रमुख जिल्ला अधिकारी पौडेलले सुनाए ।

जिल्ला प्रशासनबाट सेवाग्राहीले १५ मिनेटमा सेवा लिनसक्ने पनि प्रजिअ पौडेलले बताए ।

यसअघि फोटो स्टुडियोहरुले चर्को मूल्य असुल्दै आएका थिए । प्रशासनले सदरमुकामका त्यस्ता फोटो स्टुडियोहरुलाई पनि नियममा कसेको छ । सदरमुकामका फोटोे स्टुडियो सञ्चालकलाई जिल्ला प्रशासनमा बोलाएर फोटोको शुल्क तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment