Comments Add Comment

नवलपुरमा हावाहुरीको बितण्डा, ३ सय बढी घरमा क्षति

Photo Credit : फाइल तस्वीर

८ जेठ, नवलपरासी । पूर्वीनवलपरासीमा गएराति असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ । यद्यपि, मानवीय क्षति भने भएको छैन ।

हुरीको बढी असर देवचुली नगरपालिकामा परेको छ । देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीले हावाहुरीबाट मानवीय क्षति नभए पनि घरहरुमा क्षति पुगेको जानकारी दिइन् । उनका अनुसार नगरपालिकाका कतिपय घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।

दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएकाे छ ।

हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाइदिएको छ ।

हुरीको असर देवचुली नगरपालिकाकाे  ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । तर, यीमध्ये सबैभन्दा बढी असर वडा नं. ७ मा देखिएकाे छ ।

हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ ।

हुरीले यस वर्ष तराईका जिल्लामा असर पुर्याएको छ । यसअघि बारामा आएको हुरीले ठूलो जनधनको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment