Comments Add Comment

‘आप्पा’ फोटो–भिडियो च्यालेन्जमा सहभागी हुनुहोस्, पुरस्कार जित्नुहोस्

असारको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आप्पा’को निर्माणपक्षले प्रचारका लागि नयाँ तरिका अपनाएको छ । चलचित्रको टिमले ‘आप्पा स्टोरी च्यालेन्ज’ सार्वजनिक गरेको छ । चलचित्रमा बाबुको भूमिकामा देखिएका नायक दयाहाङ राइले च्यालेन्जको बारेमा जानकारी दिएका छन् । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुबासँगको फोटो वा बुबाको मात्र फोटोमा क्याप्सन दिदै ‘आप्पा’लाई भन्न मन लागेको कुरा लेख्नुपर्नेछ ।

उक्त पोष्टलाई ‘आप्पा नेपाली मुभी’को अफिसियल फेसबुक र इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । र, आफ्ना अन्य ३ जना साथीलाई पन ट्याग गरेर च्यालेन्जका लागि आग्रह गर्नुपर्नेछ । भिडियो स्टोरीमा पनि दर्शकले माथि उल्लेखित शैलीमै सहभागीता जनाउन सक्नेछन् ।

सहभागी मध्ये एक जनाको फोटो स्टोरीलाई विजेता घोषित गरेर नगद २५ हजार र चलचित्रको प्रिमियरमा २ वटा टिकटको व्यवस्था गरिने निर्माणपक्षले जनाएको छ । यस्तै, भिडियोका विजेताले ५० हजार नगद २ प्रिमियरको २ वटा टिकट पाउनेछन् ।

अनमोल गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा सिद्धार्थराज तामाङले दयाका छोराको भूमिका निर्वाहा गर्नेछन् । चलचित्रमा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ । रुदेन सदा लेप्चाले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment