Comments Add Comment

उपभोक्ता समितिका अध्यक्ष कुटिए

८ जेठ, सिन्धुपाल्चोक । खानेपानी योजनाको स्थलगत निरीक्षणमा पुगेको बलेफी गाउँपालिकाको प्राविधिक टोली र उपभोक्ता समितिका अध्यक्ष कुटिएका छन् ।

गाउँपालिकाको वडा नम्बर १, ४, ५ र ६ वडा लक्षित खानेपानी आयोजनाको  मुहान अध्ययन गर्न सीमासीङ पुगेकाे उपभोक्ता समितिका अध्यक्ष महेश नेपालसहितको प्राविधिक टोलीमाथि कुटपिट भएकाे हाे ।

कुटपिटबाट उपभोक्ता समितिका अध्यक्ष नेपाल घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रहरीका अनुसार, उनको अहिले चैतारा अस्पतालमा उपचार भइरहेको छ । एक समूहले घेरा हालेर आफूहरुमाथि कुटपिट गरेको नेपालले बताए ।

५० लाख लागतमा बन्न लागेको सीमासिङ खानेपानी आयोजनामा विवाद  छ । गाउँमा खानेपानी समस्या रहँदारहँदै अन्यत्र पानी लैजान लागिएको एक पक्षको तर्क छ । यही असन्तुष्टिका कारण यो घटना भएको हो ,

यसैबीच, आक्रमणको आरोपमा सातविरुद्ध मुद्दा दायर भएको छ । स्थानीय नरबहादुर तामाङलगायतका सात जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment