Comments Add Comment

हेटौडामा नवराज लम्साल सम्मानित

चलचित्र पत्रकार संघको मकवानपुर शाखाले यो बर्षको ‘चलचित्र पत्रकारिता सम्मान’बाट संचारकर्मी डाक्टर नवराज लम्साललाई सम्मान गरेको छ । २० औं चलचित्र पत्रकारिता दिवसको अवसर पारेर उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिएको हो । यस्तै, यो बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७६’बाट मकवानपुरका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरिएको छ । उनलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको हो ।

संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई समेत सम्मान गर्ने निर्णय गरेको थियो । यो बर्ष द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीलाई सम्मानित गर्ने निर्णय भएपनि उनी पारिवारिक समस्याले उपस्थित हुन सकेनन् । उनलाई कुनै कार्यक्रमकाविच सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन् ।

मकवानपुर शाखाले गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, पत्रकारहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment