Comments Add Comment

महिलाले एकसाथ ६ बच्चा जन्माएपछि राष्ट्रपतिले दिए बधाई

कुनै पनि देशमा पहिलोपटक कुनै महिलाले एकै पटकमा ६ जना बच्चा जन्माउनु साँच्चीकै ठूलो खबर बन्दछ । अझ घट्दो जनसंख्याको मार खेपिरहेका कतिपय युरोपेली मुलुकका लागि यो निकै खुसीको खबर बन्दो रहेछ ।

पोल्याण्डमा हालै यस्तै भएको छ । महिलाले एकसाथ ६ बच्चा जन्माएपछि त्यहाँका राष्ट्रपतिले समेत बधाई दिएका छन् ।

पोल्याण्डमा कुनै महिलाले एकसाथ ६ बच्चा जन्माएको यो पहिलो घटना हो । उत्तरी पोल्याण्डको एक अस्पतालमा उनले बच्चा जन्माएकी हुन् । जन्मिएका ६ बच्चा मध्ये ४ जना छोरी र २ जना छोरा छन् ।

क्राकाओस्थित विश्वविद्यालय अस्पतालका प्रवक्ता मारिया भ्लोद्कोव्सकाका अनुसार गर्भको २९ औँ हप्तामै बच्चा जन्मिएका हुन् । बच्चाहरुको तौल ८९० ग्रामदेखि १.३ किलो सम्म रहेको छ ।

आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको छ । तर समय नपुगी बच्चा जन्मिएको हुनाले ती बच्चाहरुलाई इन्कुबेटरमा राखिनेछ ।

अस्पतालका डाक्टरहरुले ती महिलाले ५ वटा बच्चा जन्माउने अनुमान गरेका थिए । तर ती महिलाले त ६ बच्चा जन्माइदिइन् ।

पोल्याण्डका राष्ट्रपति आन्द्रजेज दूदाले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा आमा र बच्चाका साथै अस्पतालका डाक्टरहरुलाई पनि बधाई दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment