Comments Add Comment

अस्पतालबाट भागेका अभियुक्त पक्राउ

८ जेठ, काठमाडौं । अस्पतालबाट भागेका अभियुक्त  पक्राउ परेका  छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १६ वर्षीय किशोर पदम श्रेष्ठलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

यसअघि मंगलबार स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएका बेला उनी भागेका थिए ।

वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंका अनुसार श्रेष्ठले आमा बिरामी भएकाले भागेको दाबी गरेका छन् ।

‘अब उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढ्छ’, उनले भने । उनले एक जना बालिकासँग सहमतिमै शारीरिक सम्पर्क राखेका थिए ।

तर, नाबालिका भएकाले उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । उनलाई सहयोग गरेको आरोपमा प्रहरीले अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment