Comments Add Comment

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राखेको नतिजा देखियो : अर्थमन्त्री

८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछिको नतिजा देखिन थालेको बताएका छन् ।

बुधबार संसदमा राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याएपछि राजस्व चुवाहट गर्ने कर्मचारी र व्यापारी कानूनी दायरामा आएको बताएका हुन् ।

‘अहिले रिजल्ट देखिदैछ, गत एक वर्षमा विभिन्न ठाउँमा राजस्वसँग सम्बन्धित अनियमितता गर्ने कर्मचारी व्यवसायी धेरै ठूलो संख्यामा कानूनको दायरामा आइसकेका छन्’ उनले भने ।

राजस्व उठाउने निकायले नै यसमा भएका अनियमितता अनुसन्धान गर्दा स्वार्थ बाझिने अवस्था आउने भन्दै अर्थमन्त्री खतिवडाले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै लगिएको ठीक भएको बताएका हुन् । ‘जुन निकायले राजस्व उठाउने हो त्यही निकायले अनुगमन गर्ने, त्यही निकाय कारबाहीमा जाने गर्दा कहिलेकाहीँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखिन सक्छ’ उनले भने ।

राजस्व अनुसन्धानलाई अझै व्यवस्थित गर्दै लैजान जरिवाना गर्ने, मुद्दा चलाउने र प्रदेश तथा स्थानीय तहमा राजस्व संकलन गर्दा हुने चुहावटमा कारबाही गर्न संशोधन विधेयक ल्याएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment