Comments Add Comment

‘कथ्य र तथ्य’ बजारमा

२ जेठ, काठमाडौं । मंगलबार धार्मिक विधाको सनातन धर्ममा आधारित आध्यात्मिक पुस्तक  “कथ्य र तथ्य” जनकपुरधाममा बिमोचन भएको छ। सहकारीका सदस्यहरु, जनकपुरका वरिष्ठ समाजसेवी र स्थानीयवासीको उपस्थितिमा पुस्तक बिमोचन गरिएको थियो।

नेपाल सरकारमा २९ वर्ष सेवा गरी निवृत भएका इन्जिनियर चन्द्रेश्वर प्रसाद रौनियारले लेखेको यो पुस्तकलाई “अग्निचक्र मासिक”का सम्पादक/प्रकाशक लक्ष्मी नारायण भट्टराईले सम्पादन
गरेका हुन् ।

विश्व बैंकमा समेत ८ वर्ष ईरिगेन स्पेशलिष्ट तथा सल्लाहकार भइ सेवा गरेका रौनियारले यसअघि हिन्दी भाषामा २ वटा पुस्तक “कफन चोर” र स्मृतियों का साया” लेखेर प्रकाशित गरेका थिए ।

रौनियारको नेपाली भाषामा प्रकाशित यो ‘कथ्य र तथ्य’ पहिलो पुस्तक हो | उनको हिन्दी शैली र लेखाई तथा  सम्पादक भट्टराईको नेपाली सम्पादनको तालमेल दुवै चिज यो पुस्तकमा भेटिन्छ  ।

वैदिक दर्शनलाई सरल भाषा-शैलीमा प्रस्तुत गर्ने एक प्रामाणिक शास्त्र ‘कथ्य र तथ्य’ पुस्तक रहेको कुरा सम्पादक भट्टराईले कार्यक्रममा उपस्थित संचारकर्मीहरुलाई बताए  ।

पुस्तक नियाल्दा अध्यात्म-आत्मतत्व र परमात्माको विषयमा परम्परागत सनातन संस्कारले सिकाएका कुराहरु नै यो ‘कथ्य र तथ्य’मा समेटिएको पाइयो । पुस्तकको प्रकाशक चाहिँ  जनकपुरमा अवस्थित “सरस्वती-राजनारायण प्रतिष्ठान” रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment