Comments Add Comment

आमा लागू औषध कारोबारी, छोरा दुर्व्यसनी !

८ जेठ । हरेक आमा बाबु चाहन्छन् कि आफूले जस्तो दुःख छोराछोरीले नपाउन् । त्यसकै लागी दिनरात हाड घोट्न तयार हुन्छन् ।

तर, लागू औषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरी टोली त्यसबेला आश्चर्यमा प¥यो, एक एक महिलाले आफ्नै दुई सन्तानलाई समेत लागू औषध दुव्र्यसनी बनाएको थाहा पायो ।

लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौं –१६ कोटेश्वरकी ५० वर्षीया सावित्री श्रेष्ठलाई पक्राउ गरेको छ । लागू औषध कारोबारी भएको आरोपमा पक्राउ गरेकी उनको साथबाट १ हजार १९१ एम्पुल लागू औषध समेत बरामद भएको छ ।

प्रहरीका अनुसार उनले कोटेश्वरस्थित घरबाटै लागू औषध कारोबार गर्थिन् । उनले आफ्ना दुई छोरालाई समेत दुव्र्यसनी बनाएको पाइएको एसएसपी बसन्त लामाले जानकारी दिए ।

उनको साथबाट एक लाख ४१ हजार समेत बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment