Comments Add Comment

राहुललाई पछि पारिन् स्मृति इरानीले

९ जेठ, काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा २ स्थानबाट उम्मेदवार बनेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक स्थानमा पछि परेका छन् ।

मतगणनाको प्रारम्भिक गणना आइरहँदा राहुल अमेठी क्षेत्रमा पछि परेका हुन् । उनलाई नायकिा स्मृति इरानीले पछि पारेकी हुन् ।

आजतकका अनुसार पछिल्लो परिणाममा राहुल स्मृतिभन्दा २ हजार मतले पछि छन् ।

अमेठीको प्रारम्भिक गणनाको नतिजा राहुलको पक्षमा नदेखिए पनि केरला राज्यको वायनाड निर्वाचन क्षेत्रमा राहुललाई अग्रता मिलेको छ ।

प्रारम्भिक गणनामा भारतीय जनता पार्टीका अध्यक्ष अमित सिंहले भने लिड गरेका छन् । गजुरातको गान्धीनगर क्षेत्रबाट उम्मेदवार बनेका उनले अग्रता लिइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment