Comments Add Comment

एनआरएन म्यासाचुसेट्सको अध्यक्षमा तामाङ विजयी

९ जेठ, अमेरिका । गैरआवासीय नेपाली संघ, अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट म्यासाचुसेट्स राज्यको अध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन् ।

बोष्टनको नेपाली समाजमा लामो समयदेखि क्रियाशील तामाङले आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मत अन्तरले पराजित गर्दै च्याप्टर अध्यक्षका रुपमा विजय हासिल गरेका हुन् ।

तामाङले यसअगाडि लामो समय ग्रेटर बोष्टन नेपाली सोसाइटीको नेतृत्व गरेका थिए ।

तामाङले गैरआवासीय नेपाली संघको एजेण्डा र मर्मअनुसार नेपाली समुदायको हित र नेपाल सरकारसँगको सहकार्यमा आफूले जोड दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment