Comments Add Comment

सैनामैनामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट एकेडेमी बनाउन सुरु

९ जेठ, बुटवल । रुपन्देहीको सैनामैनामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट एकेडेमी बनाउन सुरु गरिएको छ । स्थानीय गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी संस्थाले सैनामैना नगरपालिका–४ मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट एकेडेमी निर्माण गर्न लागेको हो ।

पर्रोहा माध्यमिक विद्यालयको स्वामित्वमा रहेको १६ कट्ठा जग्गामा करिब २ करोड रुपैयाँ लागतमा एकेडेमी निर्माण गर्न लागिएको हो । एकेडेमीमा क्रिकेट मैदान, होस्टेल भवन, फिल्डिङ अभ्यास सेक्टर, सभा हल, सचिवालय भवनलगायतका संरचना बन्ने छन् ।

पहिलो चरणमा तत्काल ५० लाख रुपैयाँ बजेटबाट काम सुरु हुने एकेडेमीका अध्यक्ष तिलब केसीले बताए । एकेडेमीमा आवद्ध १० जनाको समूहले प्रति जनही ५–५ लाख उठाएर निर्माण कार्य अघि बढाउन थालिएको हो । आउँदो असोजमा एकेडेमीको उद्घाटन हुने र मंसिरबाट कक्षा संचालन हुने अध्यक्ष केसीले जानकारी दिए ।

एकेडेमीको बिहीबार सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले शिलान्यस गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख कार्कीले निजी क्षेत्रको सक्रियतामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको एकेडेमीबाट क्रिकेट खेलको सैद्धान्तिक तथा प्रयोगात्मक सीप तथा ज्ञान हासिल गरी सक्षम खेलाडी उत्पादन गर्न टेवा पुग्ने बताए ।

सैनामैनालाई खेलकुदको हवको रुपमा विकास गर्न नगरपालिका तत्पर रहेको बताउँदै कार्कीले नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । रुपन्देही क्रिकेट खेलका लागि उर्र्वरभूमि मानिन्छ । रुपन्देहीको भैरहवामै संघीय सरकारले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment