Comments Add Comment

ग्वार्को आकाशे पुलबाट हाम फालेका कीर्तिमान राईको मृत्यु

९ जेठ, काठमाडौं । आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको बिहीबार मृत्यु भएको छ ।

ताप्लेजुङ हाङपाङका-२ का ६० वर्षीय राईले बिहीबार विहान कोटेश्वर-कलंकी सडकखण्डको ग्वार्काेमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए ।
राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी दिएको छ ।

राई केही तनावमा भएको बताइए पनि पुलबाट हाम फाल्नुको कारण नखुलेको प्रहरीले बताको छ । शवको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।

राई अहिले कोटेश्वरमा रहेको आफ्नै घरमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment