Comments Add Comment

यूपी भाजपाकै, पश्चिम बंगालमा ऐतिहासिक जित उन्मुख

९ जेठ, काठमाडौं । दिल्लीको कुर्सीको बाटो उत्तर प्रदेश हुँदै जान्छ । राजनीतिमा यो भनाइ पुरानो हो तर, अहिले पनि सान्दर्भिक छ ।

यो पटक उत्तर प्रदशेमा समाजवादी पार्टी र बहुजन समाज पार्टीबीच भएको गठबन्धनलाई महागठबन्धन भनियो । जातीय समीकरणका आधारमा राजनीतिक विश्लेषकहरुले अनुमान लगाए, यदि प्रधानमन्त्री नरेन्द्र मोदीको विजय रथलाई कहिँ रोक्न सकिन्छ भने त्यो यूपी नै हो ।

अर्कोतिर सबैभन्दा धेरै चर्चामा रहेको पश्चिम बंगालको भयो, जहाँ भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो पुरै शक्ति लगाएको थियो ।

२०१४ मा उत्तर प्रदेशमा भाजपा गठबन्धनले ८० मध्ये ७३ सिट जितेको थियो ।

महागठबन्धनका कारण वीजेपीलाई ठूलो चुनौती हुने मानिएको थियो । तर, अहिलेसम्मको रुझान हेर्दा बीजेपीलाई ठूलो नोक्सान भएको छैन । पश्चिम बंगालमा भने पार्टी ऐतिहासिक जित नजिक देखिएको छ ।

चुनाव आयोगको तथ्यांकअनुसार उत्तर प्रदेशको ८० मध्ये ६० सिटमा भाजपाको अग्रता छ । भाजपाले करिव ४९ प्रतिशत भोट पाएको देखिन्छ ।

बहुजन समाज पार्टी ११ र समाजवादी पार्टी मात्र ६ सिटमा अगाडि छ ।

सबैभन्दा रोचक प्रतिस्पर्धा अमेठीमा छ, जहाँ सुरुवाती रुझानमा स्मिति इरानीले राहुल गान्धीलाई पछाडि पारिन् । तर, प्रतिस्पर्धा निकै कडा छ ।

उता पश्चिम बंगालमा भाजपाको प्रदर्शन शानदार ह्यो । कुल ३९.८ प्रतिशत भोट पाएको उसले ४२ मध्ये १९ सिटमा अग्रता लिएको छ । तृणमुल कांग्रेस २२ सिटमा अगाडि छ र उसले ४३.७ प्रतिशत भोट पाएको देखिन्छ ।

२०१४ मा भाजपाले पश्चिम बंगालमा मात्र दुई सिट जितेको थियो ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment