Comments Add Comment

भारी मतले विजयी भएको भन्दै प्रचण्डले दिए मोदीलाई बधाई

९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी र उनको पार्टी भारी मतका साथ विजयी भएको भन्दै बधाई दिएका छन् ।

बिहीबार विहान सुरु भएको मतगणनाको नतिजा नआउँदै प्रचण्डले बधाई दिएका हुन् ।

लोकसभा निर्वाचनको मतगणना अनुसार ५ सय ८३ स्थानमध्ये ३ सय ४६ स्थानमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अग्रता लिएको छ ।

तर प्रचण्डले भने भारी मतका साथ विजयी भएको भन्दै फेसबुकमार्फत बधाई दिएका हुन् । यसअघि बिहीबार नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाई दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment