Comments Add Comment

कांग्रेसको प्रदेश ५ संसदीय दलको उपनेतामा कनौडिया

९ वैशाख, बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को संसदीय दलको उपनेतामा वीरेन्द्रकुमार कनौडियालाई चयन गरेको छ ।

ससदीय दलको विधान २०७४ को दफा ६ को उपदफा ६ अनुसार कपिलवस्तुबाट निर्वाचित कनौडियालाई चयन गरेको संसदीय दलका नेता वलदेव शर्मा पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन् । कपिलवस्तुका स्थायी वासिन्दा उनी उद्योगपति पनि हुन् ।

दलका नेता अस्वस्थ भएपछि अहिले उनलाई उपनेताका रुपमा चयन गरिएको हो । प्रदेश सभामा प्रतिपक्ष कांग्रेसको भूमिका सशक्त नभएको भन्दै आलोचना भइरहेको छ ।

संसदीय दलका नेता पोखरेललाई क्यान्सरको संक्रमण भएपछि अहिले उपचारत रहेका छन् । प्रदेश ५ मा ८७ जना सांसदमध्ये नेपाली कांग्रेसका १९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment