Comments Add Comment

आठौं खेलकुदका पदक विजेतालाई एपीएफको सम्मान

९ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

एपीएफले बिहीबार एक कार्यक्रम गर्दै आठौं खेलकुदमा पदक विजेता आफ्ना २०४ जना

खेलाडीलाई नगदसहित सम्मान गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

प्रदेश पाँचमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा एपीएफले ५४ स्वर्ण पदक, ७१ रजत पदक र ७९ कास्य पदक गरी कूल २०४ पदक जित्न सफल भएको थियो । एपीएफले ३५ खेलमध्ये २८ खेलमा भाग लिएको थियो ।

एपीएफले कुल १३ लाख ९५ हजार ५ सय रुपैयाँ पुरस्कार बाडेको हो । स्वर्ण पदक विजेतालाई जनही १० हजार, रजत विजेतालाई ७ हजार र कास्य पदक विजेतालाई जनही ५ हजारका दरले पुरस्कार दिइएको छ । त्यस्तै, एकभन्दा बढी पदक विजेता खेलाडीले ५० प्रतिशत थप गरी पुरस्कार दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment