Comments Add Comment

राहुलले हार स्वीकारे, मोदीलाई दिए बधाई

९ जेठ, काठमाडौं ।भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी हार स्वीकार गरेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

मत गणना जारी रहेका बेला पत्रकार सम्मेलन गरेर राहुलले हारको जिम्मेवारी लिने बताएका हुन् ।

विचारधाराको लडाई जारी रहेको भन्दै उनले विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।

राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । तर, अर्को क्षेत्रबाट चुनाव जितेका उनले अमेठीका जनताको फैसलालाई सम्मान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment