Comments Add Comment

जीवन बीमा कम्पनीले ९ महिनामै कमाए ४६ अर्ब

१० जेठ, काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा ४६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उक्त अवधिमा मुलुकमा सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले ४५ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

गत आर्थिक वर्ष २०७४/७५ मा जीवन बीमा कम्पनीहरुले ५१ अर्ब २ करोड १३ लाख ९४ हजार रुपैयाँमात्रै बीमा शुल्क आर्जन गरेका थिए । यस वर्ष ९ महिनामै करिब ४६ अर्ब पुगेपछि वर्षको अन्त्यसम्म ठूलै अंकले वृद्धि हुने संकेत देखिएको छ ।

चालु आर्थिक चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमाबाट मात्रै १ अर्ब ६३ करोड ७९ लाख १३ हजार रुपैयाँ आर्जन गरेका छन् । यस अवधिमा अन्य बीमामार्फतबाट कम्पनीहरुले ४४ अर्ब २२ करोड ५२ लाख ८७ हजार रुपैयाँ आर्जन गरेका छन् ।

यस अवधिमा बीमा कम्पनीहरुले ३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ बीमा कम्पनीहरुले दावी भुक्तानी दिएको बीमा समितिले जनाएको छ । चैत मसान्तसम्म ३ अर्ब ६८ करोड २ लाख रुपैयाँ बराबरको बीमा दावी परेको थियो ।

बीमा समितिका अनुसार दावी परेकोमध्ये ३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ बीमा कम्पनीहरुले दावी भुक्तानी दिएको र अझै ५२ करोड ९१ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment