Comments Add Comment

यो हो दुनियाँकै महँगो कफी

तपाईं हामीले कैयौँ रेष्टुरेन्ट तथा क्याफेमा गएर कफी पिएका छौँ होला । र, कफीका विभिन्न प्रकार पनि चाखेका छौँ । तर के तपाईंले दुनियाँकै सबैभन्दा महँगो कफीको स्वाद लिने मौका पाउनुभएको छ ?

अमेरिकामा रहेको एउटा क्याफेले दुनियाँकै सबैभन्दा महँगो कफीको स्वाद चखाउँदै आएको छ ।

उक्त क्याफेको नाम क्लेच क्याफे हो । त्यहाँ कफीको मूल्य प्रतिकप ७५ डलर पर्दछ । यति महँगो हुँदाहुँदै पनि मानिसहरु सो क्याफेमा गएर कफी पिउन मरिहत्ते गर्दछन् ।

सन फ्रान्सिस्को र दक्षिण क्यालिफोर्निया गरी दुई ठाउँमा यो क्याफेका शाखा रहेका छन् । त्यो महँगो कफीको नाम नेचुरल गिशा ८०३ हो ।

एक लिलामीका क्रममा उक्त कफीको यस्तो अनौठो नाम जुरेको रहेछ । लिलामीका क्रममा एक पाउण्ड कफी ८ सय ३ डलरमा बिक्री भएको थियो । त्यहीँ बेलादेखि नै सो कफीको नाम नेचुरल गिशा ८०३ रहन गयो ।

वास्तवमा यसअघि यो कफीको केवल ४५ किलोमात्र बिउ बिक्री हुन्थ्यो र अधिकतम कफी जापान, चीन ता ताइवानमा निर्यात हुन्थ्यो । तर अहिले अमेरिकाको क्लच क्याफेले यसलाई बहुमूल्य तथा लोकप्रिय मात्र होइन विश्वकै सबैभन्दा महंगो बनाइदिएको छ ।

उक्त क्याफे मालिकका अनुसार क्लच क्याफेका लागि केवल ४ किलो कफी मात्रै उपलब्ध छ । उत्तर अमेरिकामा आफु बाहेक अन्त कहीँ पनि यो कफी उपलब्ध नभएको उनको दाबी छ । सोही कारण यो दुर्लभ कफीको स्वाद चाख्न मानिसहरु चर्को मूल्य चुकाउन तयार छन् ।

यो कफीको वास्तविक नामचाहिँ पनामा कफी हो । यो कफी निकै उत्कृष्ट जातको कफी हो । विश्वको कफी प्रतियोगितामा पनि यो कफी सर्वोत्कृष्ट ठहरिसकेको छ । मध्य अमेरिकामा पाइने दुर्लभ अरेबिका कफीको एउटा जात हो पनामा कफी । यसको स्वाद चियाको जस्तो हुन्छ । चमेली तथा बेरीको स्वाद पनि यसबाट आउँछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment