Comments Add Comment

८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषामा फरर

युट्युबका कारण धेरै बालबालिकाहरुको पढाई लेखाइ बिग्रिएको छ । धेरै बच्चाहरुलाई युट्युबमा विभिन्न कार्टुन तथा अन्य भिडियोहरु हेरिरहने लत नै बसिसकेको छ । तर भारतमा एकजना बालकले भने यु ट्युबबाटै चमत्कारिक क्षमता हासिल गरेका छन् ।

भारतको केरलाका नियाल नामका ती ८ वर्षे बालकले यु ट्युब हेरेरै १ सय ६ प्रकारका भाषा सिकेका छन् । १ सय ६ प्रकारका भाषा बोल्ने नियाल सेलिब्रेटी नै बनेका छन् । १ सय ६ भाषामध्ये १० भाषामा त उनी जतिखेरै फरर बोलिदिन सक्दछन् । उनी अरु थप ५ नयाँ भाषा सिक्ने क्रममा छन् ।

इन्टरनेटको गलत प्रयोग गरी समय खेर फालिरहेका बालबालिकाहरुका लागि उनी एउटा अनुकरणीय पात्र हुन सक्दछन् ।

युट्युबमा भाषा सिकाउने ट्यूटोरियल भिडियोहरु हेरेर उनले नयाँ नयाँ भाषा सिक्ने गरेका छन् । नियालले क्ष्लभचलबतष्यलब िएजयलभतष्अ ब्सउजबदभत पनि सिकेका छन् । यसमा भाषाको सही उच्चारणमा जोड दिइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment