Comments Add Comment

भारतीय चुनावमा झण्डै ४० करोड ट्वीट, मतगणनामा ३२ लाख

भारतमा सम्पन्न लोकसभा चुनावका क्रममा सोसल मिडिया प्लाटफर्म ट्वीटरमा झण्डै ४० करोड ट्वीट भएका छन् । जनवरी २०१९ देखि २३ मे २०१९ सम्मको अवधिमा लोकसभा चुनावका बारेमा ३९ करोड ६० लाख ट्वीट भएको तथ्यांक सार्वजनिक भएको छ। त्यसरी ट्वीट गर्नेमा उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता, राजनीतिक दलको आधिकारिक ह्याण्डल, आम सर्वसाधारण तथा सञ्चार माध्यम रहेका छन् । ट्वीटको यो संख्या सन् २०१४ को लोकसभा चुनावको तुलनामा ६ सय प्रतिशतले बढि हो ।

मतदानको समयसम्म झण्डै ४० करोड ट्वीट भएकोमा मतगणनाका क्रममा भने ३२ लाख ट्वीट भएका छन् । त्यसमध्ये एक तिहाई ट्वीट दिउसो ३ देखि ४ बजेसम्मको समयमा गरिएका छन् ।

ट्वीटरका अनुसार २३ मे को लोकसभा चुनावको मतगणनाका क्रममा नरेन्द्र मोदीको जितवाला ट्वीटपछि सम्म ३२ लाख ट्वीट भएका छन् । ट्वीटरका अनुसार यद्यपि यो चुनाव भारतमा सांसद तथा प्रधानमन्त्री छनोट गर्नका लागि थियो । तर यसको प्रभाव विश्वभर महसुस गरियो । दुनियाभरका देशहरुमा यो चुनावमा चर्चा भएको छ ।

त्यसक्रममा ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सबैभन्दा धेरै चर्चित बनेको छ । नरेन्द्र मोदी, बिजेपी तथा एनडिएको आधिकारिक ट्वीटर ह्याण्डलबाट गरिएका कूल ट्वीटरमध्ये मोदीको नाम उल्लेख भएका ट्वीटको संख्या ५३ प्रतिशत रहेको छ । जबकि कांग्रेस ता युपिएको अफिसियल ट्वीटर ह्याण्डिलबाट गरिएका ट्वीटमा केवल ३७ प्रतिशतमा मात्र मोदीको नाम प्रयोग गरिएको छ ।

ट्वीटरका अनुसार ११ देखि १९ अप्रिलसम्मको समयमा राष्ट्रिय सुरक्षाको मुद्दा ट्वीटरमा सबैभन्दा चर्चित रह्यो । त्यसपछि धर्म, रोजगार, कृषि तथा नोटबन्दी जस्ता मुद्दाहरु ट्वीटरमा ट्रेण्डिङ्ग बने ।

ट्वीटरमा यसपटक मानिसहरु हिन्दी तथा अंग्रेजीका अलावा क्षेत्रीय भाषाहरुमा पनि अत्यधिक ट्वीट गरेको ट्वीटरले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment