Comments Add Comment

‘छ माया छपक्कै’को छायांकन सुरु

यो बर्षको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’को छायांकन सुरु भएको जानकारी यसको निर्माणपक्षले दिएको छ । चलचित्रको छायांकन सुरु भएको जानकारी दिदै चलचित्रका निर्माता रोहित अधिकारीले राम्रो चलचित्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली बक्स अफिसमा चलचित्रले बम्पर कमाई गर्ने अड्कलबाजी अहिले नै लगाइएको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् ।
चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रले उमेर अन्तर भएका यूवा र यूवतीको प्रेम कथालाई देखाउने बताइएको छ । यसपटक, दिपकराज गिरी र उनको टिमले रोहित अधिकारीको पूर्ण लगानीमा काम गर्न लागेको हो । तर, नाफाको आधा प्रतिशत भन्दा बढी रकम दिपकराजको टिमलाई जानेछ । यो चलचित्रको रिलिज मिति दशैंलाई पक्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment