Comments Add Comment

पाकिस्तानी खेलाडीले विश्वकपमा आफूसँगै परिवार लान नपाउने

Photo Credit : इएसपीएनक्रिकइन्फो

१० जेठ, काठमाडौं । इंग्ल्यान्ड र वेल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान क्रिकेट खेलाडीले आफूसँगै पत्नी तथा परिवारका सदस्य लान नपाउने भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई विश्वकपको दौरानमा पत्नी तथा परिवारका सदस्यलाई सँगै राख्न नदिने भएको हो । पाकिस्तान क्रिकेट बोर्डको नयाँ नीति अनुसार अब विश्वकपको अवधिमा खेलाडीले आफुसँगै पत्नी वार परिवारका सदस्य लान नपाउने भएको हो ।

नयाँ नीति अनुसार अब क्रिकेटरका पत्नी वा परिवारले विश्वकपको लागि जान चाहेमा आफ्नै खर्चमा छुट्टै खान बस्न, सबै बन्दोबस्त मिलाउनु पर्ने भएको छ । खेलाडीको ध्यान विश्वकपमा केन्दि्रत होस भनेर यस्तो नीति ल्याएको पाकिस्तान क्रिकेट बोर्डले उल्लेख गरेको छ ।

पाकिस्तानले विश्वकपको आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment