Comments Add Comment

शतक बनाउनबाट चुके राजु, विनोदको पनि अर्धशतक

Photo Credit : शंकर गिरी

१० जेठ, काठमाडौं । आजदेखि सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीका राजु रिजाल शतक बनाउनबाट चुकेका छन् ।

टियु क्रिकेट मैदानमा प्रदेश दुई विरुद्ध उद्घाटन खेलमा ब्याटिङ गरिरेको आर्मीका राजु रिजालले ९० रन बनाएर आउट भए । उनी शतक बनाउनबाट १० रनले चुके । १०९ बलमा ५ चौका र दुई छक्काको मद्दतमा ९० रन बनाएका राजु हरिशंकर शाहको बलमा उनी क्याच आउट भए ।

विगत केही वर्षपछि राजुले उत्कृष्ट प्रदर्शन गर्दै उच्च रन बनाएको हो । सन् २०१६ मा नेपाललाई यू-१९ विश्वकप समेत खेलाएका राजु पछिल्लो समयमा लयमा थिएनन् । घरेलु  फ्रेन्चाइज लिगहरुमा पनि खराब प्रदर्शन गरेका राजुले प्रधानमन्त्री कपको उद्घाटन खेलमै उच्च रन बनाएको हो ।

त्यस्तै, आर्मीका कप्तान विनोद भण्डारीले पनि अर्धशतक बनाएर आउट भएका छन् । विनोदले ६१ बलमा ९ चौका प्रहार गर्दै ६६ रन बनाएर आउट भए । आफ्नो पहिलो खेलमै विनोदले राम्रो प्रदर्शन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment