Comments Add Comment

दोश्रो सातामा पनि ‘जात्रै जात्रा’को व्यापार आक्रामक

जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’को व्यापार दोश्रो सातामा पनि कमजोर भएको छैन । आजबाट दोश्रो सातामा प्रवेश गरेको यो चलचित्रलाई काठमाण्डौको सबैभन्दा ठूलो मानिएको क्यूएफक्सले विभिन्न चेनमा १९ शोज दिएको छ । पहिलो सातामा पनि चलचित्रले १९ शोज नै पाएको थियो ।

दोश्रो सातामा पनि दर्शकको उपस्थिती उस्तै छ । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनिया भन्छन्–‘ चलचित्रले दोश्रो सातामा पनि दर्शकको उस्तै माया पाएको छ । चलचित्रको व्यापार शुक्रबार र शनिबार नै आक्रामक हुने देखिएको छ ।’

प्रदिप भट्टराई निर्देशित चलचित्रले पहिलो हप्ताका सातै दिन सुखद कमाई गर्यो । चलचित्रले मोफसल र काठमाण्डौका मल्टिप्लेक्स हलमा आक्रामक व्यापार गरेको छ । यो चलचित्रको वर्ड अफ माउथ निकै नै सुखद छ । यसैले पनि चलचित्रको व्यापार सुखद देखिएको हो ।

यो हप्ता पनि कुनै नयाँ नेपाली चलचित्र नभएकाले चलचिको व्यापारमा कुनै पनि प्रभाव नपरेको हो । विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्दै सिंह बाँनिया, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको व्यापारले राम्रो चलचित्र बनाएको खण्डमा चल्छ भन्ने पुष्टी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment